कास्कीको माछापुच्छ्रेमा अध्यक्ष कप जारी, विजेतालाई ३ लाख

पाेखरा | पुस २८, २०८०

कास्कीको माछापुच्छ्रेमा अध्यक्ष कप जारी, विजेतालाई ३ लाख

पोखरा:  ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिकामा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना अध्यक्ष कप भलिबल प्रतियोगिता जारी छ ।

 

आज (शनिबार) तेस्रो दिन पहिलो सेमिफाइनल खेल बौदीकाली गाउँपालिका र चापाकोट नगरपालिकाबीच हुनेछ ।

 

यस्तै दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण गाउँपालिकासँग कालीगण्डकी गाउँपालिका र गलकोट नगरपालिकाबीचको विजेता टिमबीच हुने खेल सहसंयोजक जापान गुरुङले जानकारी दिए । 

 

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३ लाख प्राप्त गर्ने छ ।

 

यस्तै दोस्रो हुने टिमले नगद रु २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ भने  सेमिफाइनलिस्ट  २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्